
तस्विरः सामाजिक सञ्जालबाट
काठमाडौं । लगानीकर्ता तिलक कोइराला हाल पाटन हस्पिटलको इमरजेन्सी वार्डमा रहेका छन् । विगत ७ दिनदेखि अनसन बसेका कोइरालाको स्वास्थ्य अत्यन्तै नाजुक भएपछि उनलाई हस्पिटल लगिएको हो ।
उनलाई सास फेर्न कठिन भइरहेको र टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्नेलगायतका समस्या देखिएपछि उनलाई हस्पिटल लगिएको हो ।
उनलाई अस्पताल लगेसँगै लगानीकर्ताहरुले सरकारसँग उनको जीवनरक्षाको माग गर्दै आएका छन् ।
‘सम्बन्धित निकायले तत्काल लगानीकर्ताका माग सम्बोधनसँगै कार्यान्वयनमा लैजाओस् र तिलक जीको जीवन रक्षा गरोस,परिस्थिति थप जटिलता तर्फ धकेलेर अप्रिय आन्दोलन गर्न बाध्य नपारियोस्,’ लगानीकर्ता तारा प्रसाद फुल्लेलले लेखेका छन् ।
पुँजीबजार सुधार समितिका संयोजक समेत रहेका लगानीकर्ता कोइरालाले पुँजीबजारमा नीतिगत सुधारको लागि १९ बुँदा माग राख्दै आएका थिए ।