काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जर तथा एक्विजिसनको नाममा अब सेयर कारोबार रोक्का नहुने बताएका छन् ।
मंगलबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मर्जर तथा एक्विजिसनको नाममा लामो समय कम्पनीको सेयर कारोबार रोक्का भइरहेको बताउँदै अब साउनदेखि रोक्का नहुने बताएका हुन् ।
‘अहिले कम्पनीको मर्जरको नाममा महिनौं, वर्षौंसम्म सेयर कारोबार रोक्का भइरहेको छ, अब साउनदेखि कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का हुँदैन, यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं,’ उनले भने ।