काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि १ लाख ३२ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
मेगा क्यापिटलले निष्काशन बाँडफाँड पश्चात कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धकररोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज गर्नेछ ।
बुधबार लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम र क्यापिटलको तर्फबाट सवीर बादे श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।