लगानीकर्ताको माग सम्बोधन हुने भएपछि सेयर बजारमा छायो हरियाली

<p>काठमाडौं । शुक्रबारको सेयर बजारमा हरियाली छाएको छ । लगानीकर्ताले राखेका मागहरु सबै पुरा हुने भएपछि सेयर बजारमा हरियो देखिएको हो । बोर्डले लगानीकर्ताका मागहरु पुरा हुने बताएसँगै लगानीकर्ताले आफूले गर्दै आएका आन्दोलनका कार्यक्रम असार १० गतेदेखि सकिएको घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष  बोर्डका अध्यरमेश कुमार हमालले राष्ट्र बैंक, अर्थमन्त्रालय लगायत लगानीकर्ता सबैको समन्वयमा मागहरुलार्य कार्यान्वय गर्ने [&hellip;]</p>

काठमाडौं । शुक्रबारको सेयर बजारमा हरियाली छाएको छ । लगानीकर्ताले राखेका मागहरु सबै पुरा हुने भएपछि सेयर बजारमा हरियो देखिएको हो ।

बोर्डले लगानीकर्ताका मागहरु पुरा हुने बताएसँगै लगानीकर्ताले आफूले गर्दै आएका आन्दोलनका कार्यक्रम असार १० गतेदेखि सकिएको घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष  बोर्डका अध्यरमेश कुमार हमालले राष्ट्र बैंक, अर्थमन्त्रालय लगायत लगानीकर्ता सबैको समन्वयमा मागहरुलार्य कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

लगानीकर्ताले जेठ चौथो सातादेखि नै विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेका थिए । यो बीचमा पुँजीबजार संघर्ष समिति गठन गरी समितिका संयोजक तिलक कोइराला असार १ गतेदेखि नै आमरण अनसनमा बसेका छन् । उनी पुँजीबजारको समग्र हक हितको लागि भन्दै १९ बुँदे माग सहित आमरण अनसन बसेका थिए । उक्त माग नेपाल धितोपत्र बोर्डले पुरा गर्ने सहमति भएसँगै लगानीकर्ता कोइरालाले असार १० गतेदेखि आमरण अनसन तोडेका हुन् । साथै, उनले लगानीकर्ताका आन्दोलनका सम्पूर्ण कार्यक्रम सकिएको समेत घोषणा गरेका छन् ।

शुक्रबारको बजारले कारोबार खुल्नासाथ ओरालोको यात्रा तय गरेको थियो । तर एक घण्टापछिको कारोबारमा भने परिसूचकले यूटर्न लियो र अन्ततः दोहोरो अंकले बजार बन्द भयो ।

दुई घण्टा खुलेको बजारमा नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेको छ ।

दुई घण्टा मात्रै खुलेको शुक्रबारको बजारमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार चार घण्टा खुलेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको भने सबैभन्दा बढी अर्थात ७.८८ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता ८८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

शुक्रबार म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । म्युचुअल फण्ड भने ०.०९ अंकले घटेको छ ।

Share News