हकप्रदको लागि ङादी ग्रुपले तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । ङादी ग्रुप पावरले आगामी असार २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै असार १९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ करोड [&hellip;]</p>

काठमाडौं । ङादी ग्रुप पावरले आगामी असार २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

यससँगै असार १९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ करोड ६ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १७ करोड ६७ लाख रुपैयाँ नाघ्ने छ ।

Share News