अब आयोजना प्रभावितले पनि अनलाइनबाटै आईपीओ भर्न पाउने

<p>काठमाडौं । अब आयोजना प्रभावितहरुले अनलाइनबाटै आईपीओमा आवेदन दिन पाउने भएका छन् । प्रभु क्यापिटलले हालै मात्रै उक्त सेवा सुविधा सञ्चालनमा ल्याएको हो । क्यापिटलले पिपुल्स पावरको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत [&hellip;]</p>

काठमाडौं । अब आयोजना प्रभावितहरुले अनलाइनबाटै आईपीओमा आवेदन दिन पाउने भएका छन् । प्रभु क्यापिटलले हालै मात्रै उक्त सेवा सुविधा सञ्चालनमा ल्याएको हो ।

क्यापिटलले पिपुल्स पावरको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन गरीसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आइपिएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा-२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावरको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटलले नेपाली पुँजी बजारमा नयाँ नयाँ प्रविधिहरुको विकास गर्दै पुँजीजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Share News