काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको बजारले आज शुरुवातमै उकालोको बाटो तय गरिसकेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टाको अवधिमै नेप्से परिसूचक ५१ अंकले बढेको छ ।
बिहान ११ बजेर ३८ मिनेट जाँदा परिसूचक ५१.०८ अंकले बढेर १९१३.१४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.७४ प्रतिशतले बढी हो ।
यो समाचार पार्दासम्म नागरिक लगानी कोष (सीआईटी) को सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ । कोषको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २४२७.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कूल ३७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आधा घण्टामै कम्पनीको कूल २ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।
त्यस्तै, कम्पनीको सेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ माथि पुगेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।