आइतबार सबै कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?

<p>काठमाडौं । आइतबारको सेयर बजारमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका १९५ वटै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, सो सूचीमा २१ कम्पनी रहेका छन् । त्यस्तै, १० प्रतिशतको हाराहारीमा मूल्य बढ्नेमा ११ कम्पनी रहेका छन् । जसको सेयर मूल्य [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका १९५ वटै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा बढेको छ ।

अधिकांश कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, सो सूचीमा २१ कम्पनी रहेका छन् । त्यस्तै, १० प्रतिशतको हाराहारीमा मूल्य बढ्नेमा ११ कम्पनी रहेका छन् । जसको सेयर मूल्य न्युनतम ९.९५ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशतसम्म बढेको छ ।

कसको मूल्य कतिले बढ्यो ?

नेशनल हाइड्रोपावर कम्पनी, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, यूनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, बिशाल बजार, नबिल ब्यालेन्स्ड फण्ड २, लिवर्टी इनर्जी कम्पनी, न्यादी हाइड्रापावर, हिमालयन पावर पार्टनर, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सानिमा माई हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक र जोशी हाइड्रेपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतसम्म बढेको छ ।

त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ ।

Share News