पाँच जनाले पाए आदर्श लघुवित्तको ११ कित्ता सेयर

<p>काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ सोमबार बाँडफाँड भएको छ । संस्थाको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे उक्त आईपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । सो अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ६ हजार २६१ आवेदकले मात्रै संस्थाको सेयर [&hellip;]</p>

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ सोमबार बाँडफाँड भएको छ । संस्थाको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे उक्त आईपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । सो अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ६ हजार २६१ आवेदकले मात्रै संस्थाको सेयर हात पारेका छन् । पहिलो चरणमा उनीहरुले १० कित्ताको दरले सेयर हात पारेका छन् भने दोश्रो चरणमा यीमध्ये ५ जनाले बाँकी रहेको ५ कित्ता सेयर थप एक/एक कित्ताको दरले कूल ११ कित्ता सेयर पाएका क्यापिटलले जानकारी गराएको छ ।

लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमा आवेदन दिनेमध्ये १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन रितपूर्वक थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ ।

लघुवित्तले कूल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

यससँगै आइपीओ बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

Share News