काठमाडौं । दोश्रो बजार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । असार १४ गते मंगलबार समीट लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये समीट लघुवित्तको २५.२८५४ प्रतिशत अर्थात ९ लाख ९७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, जनउत्थान लघुवित्तको २५ प्रतिशत अर्थात २ लाख ९२ हजार ८१२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको ७ लाख १० हजार १६२ कित्ता अर्थात ६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यससँगै यी तीन वटै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा