महुली लघुवित्तले एफपीओ जारी गर्ने, दररेट पेश गर्न मर्चेन्ट बैंकरलाई आग्रह

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणलाई छुट्याएको कूल सेयरमध्ये बाँकी रहेको ४ लाख १६ हजार १४७ कित्ता सेयर एफपीओ जारी गर्न लागेको हो । संस्थाले सो मात्राको सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्नुपर्छ । जसको लागि संस्थाले असार १५ गते एक सूचना जारी [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणलाई छुट्याएको कूल सेयरमध्ये बाँकी रहेको ४ लाख १६ हजार १४७ कित्ता सेयर एफपीओ जारी गर्न लागेको हो ।

संस्थाले सो मात्राको सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्नुपर्छ । जसको लागि संस्थाले असार १५ गते एक सूचना जारी गर्दै इच्छुक मर्चेन्ट बैंकर कम्पनीलाई दररेट पेश गर्न आग्रह गरेको छ । यससँगै इच्छुक मर्चेन्टले आफ्नो प्रोफाइलसहित आगामी १५ दिनभित्र दररेट पेश गर्न सक्ने छन् ।

Share News