नबिल बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

<p>काठमाडौं । नबिल बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारण व्यक्ति तथा संस्थालाई सो मात्राको सेयर बिक्री गर्न लागेको हो । यससँगै इुच्छुक व्यक्ति तथा संस्थाले आगामी ७ दिन ( असार १५ गतेपछिको ७ दिन) भित्रमा बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवेदन दिन सक्नेछन् । तर, उक्त सेयर [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारण व्यक्ति तथा संस्थालाई सो मात्राको सेयर बिक्री गर्न लागेको हो ।

यससँगै इुच्छुक व्यक्ति तथा संस्थाले आगामी ७ दिन ( असार १५ गतेपछिको ७ दिन) भित्रमा बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवेदन दिन सक्नेछन् । तर, उक्त सेयर किनेपछि पनि संस्थापक सेयरधनी समूहमा नै रहने गरी किन्न इच्छुकले मात्रै सो सेयर किन्न पाउने छन् ।  सेयर खरिद गर्न इच्छुकले गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले कानुन अनुसार नै पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएको थियो । तर संस्थापकहरुबाट कुनैपनि निवेदन नआएकोले बैंकले उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न लागेको हो ।

Share News