काठमाडौं । शुक्रबारको नेप्से परिसूचकमा करेक्सन देखिएको छ । बिहीबार ७५ अंकले बढेको बजार शुक्रबार ८.८७ अंकको करेक्सन देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक ०.४४ प्रतिशतले घटेर २०२८.७७ बिन्दुमा झरेको छ ।
दुई घण्टामा बजारमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, दुई लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.७७ प्रतिशतले घटेर प्रतिकित्ता ३८९.५० रुपैयाँमा झरेको छ ।
बजारमा फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ समूह उकालो लागेका छन् भने बाँकी घटेका छन् ।