आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् । इन्स्योरेन्स र क्लिनिकबीच आइतबार सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशकशिव राज केसीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुलाई  महाराजगंजस्थित ग्यालेक्सी स्पेसियालिटी [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् । इन्स्योरेन्स र क्लिनिकबीच आइतबार सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशकशिव राज केसीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुलाई  महाराजगंजस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा प्राप्त हुने सेवाहरु (एक्सरे, युएसजी, इसिजी, इको) मा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुनेछ ।

 

Share News