प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सोनापुर मिनरल्सले डाक्यो साधारण सभा

<p>काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलले आगामी साउन १५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो ४ बजे काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनी रजिष्टार्ड कार्यालयमा आफ्नो १४औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको प्रस्ताव [&hellip;]</p>

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलले आगामी साउन १५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो ४ बजे काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनी रजिष्टार्ड कार्यालयमा आफ्नो १४औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको प्रस्ताव अनुसार सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न समितिलाई अख्तियारी दिँदै छ ।

सोनापुर मिनरल्स् पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले २०७७ माघमा नै बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको थियो ।

यो कम्पनीले २ करोड कित्ता सेयर स्थानियबासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनीसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् ।

Share News