शिवम् होल्डिङ्गस बन्यो पब्लिक कम्पनी, छिट्टै सेयर जारी गर्ने

<p>काठमाडौं । शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । नेपालमा स्थापित सिमेन्ट उद्योगहरु मध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी हो शिवम् होल्डिङ्गस । शिवम होल्डिङ्गसको अधिकृत पूँजी ५ अर्ब [&hellip;]</p>

काठमाडौं । शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

नेपालमा स्थापित सिमेन्ट उद्योगहरु मध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी हो शिवम् होल्डिङ्गस ।

शिवम होल्डिङ्गसको अधिकृत पूँजी ५ अर्ब ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ भने होङशी शिवम् सिमेन्ट उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

साथै, कम्पनीले छिट्टै धितोपत्र बोर्ड समेतको स्वीकृतिमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरी थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको जनाएको छ ।

शिवम् होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत अर्थात ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका संस्थापकहरुको करिब १५ प्रतिशत अर्थात ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर रकम लगानी गरेका छन ।

Share News