अटो क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियोः अध्यक्ष थापा

<p>काठमाडाैं । नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् । उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै [&hellip;]</p>

काठमाडाैं । नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् । उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । अटोमोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको उनकाे गुनासो छ । अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटोमोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताए ।

अध्यक्ष थापाले सरकारलाई राजश्व चाहिएपनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गरे । उनले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको र अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गरे ।

Share News