काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले सेयर धितोमा लगाईएको ४ र १२ करोडको सीमाको बारेमा अध्ययन गर्ने भएको छ । आगामी मौद्रिक नीतिमा सुझावका लागि सिविफिनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले सो बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले सेयर धितोमा लगाएको उक्त क्यापले सबैभन्दा बढी साना लगानीकर्ताहरु मारमा परेका समेत अध्यक्ष गोल्यानले बताए ।
‘सेयर मार्केटमा सबैले गरेका छन्, तर सबैभन्दा बढी मारमा साना लगानीकर्ता छन्, ४/१२ ले पनि साना लगानीकर्ता मारमा परेका छन्, किनेभने ठूला लगानीकर्तालाई यो नीति आउँछ भन्ने पहिल नै थाहा थियो, तर, सानालाई थाहा थिएन, अब हामी यस विषयमा अध्ययन गर्दैछौं,’ उनले भने ।