अपर हेवाखोला हाइड्रोपावरको आईपीओ खुला

<p>काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले आजबाट आईपीओ बिक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता आइपिओ बिक्री खुला गरेकाे हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख [&hellip;]</p>

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले आजबाट आईपीओ बिक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता आइपिओ बिक्री खुला गरेकाे हो ।

कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।

सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’ को मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बिबी आइएस्’ ग्रेडिङ प्रदान गरेको छ ।

Share News