काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले ४/१२ को सीमा हटाउनु पर्ने बताएका छन् । आइतबार काठमाडाैंमा आयाेजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
‘सेयरधितो कर्जामा गरेको ४/१२ करोडको नीति खारेज गर्नुपर्छ, ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ र बैंकहरुले आकर्षक बचत योजना ल्याउनु पर्छ,’ उनले भने
यस्तै उनले स्थानीय तहको रकमलाई शतप्रतिशत निक्षेपका रूपमा राख्नु पर्ने र त्यसाे नभए ८० प्रतिशतलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादन गर्ने उद्योगलाई पुनर्कर्जा दिनु पर्ने र निर्यातमा दिने सहुलियतलाई सहजीकरण गर्नु पर्ने बताए ।
त्यस्तै, उनले ब्याजदरको त्रैमासिक रुपमा समीक्षा गरि परिमार्जन गर्नु पर्ने बताएका छन् । ‘ब्याज बढेर निक्षेप बढेको देखिएन, तर यसमा पुनरावलोकन गर्नु पर्छ,’ उनले भने ।