१३ करोडको आईपीओ ल्याउँदै दुई लघुवित्त, पाए बोर्डको अनुमति

<p>काठमाडौं । धितोपत्र बजारको प्राथमिक बजारमा १३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै दुई लुघवित्तले सो मात्राको आईपीओ निष्काशन गर्ने भएका हुन् । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्तलाई उक्त अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै यी दुई लघुवित्तले एक सय रुपैयाँ अंकित [&hellip;]</p>

काठमाडौं । धितोपत्र बजारको प्राथमिक बजारमा १३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै दुई लुघवित्तले सो मात्राको आईपीओ निष्काशन गर्ने भएका हुन् ।

बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्तलाई उक्त अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै यी दुई लघुवित्तले एक सय रुपैयाँ अंकित दरका १३ लाख ६ हजार कित्ता सेयर निष्काशन गर्ने छन् ।

दुईमध्ये सबैभन्दा बढी अभियान लघुवित्तले निष्काशन गर्ने छ । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । यससँगै संस्थाले मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको सेयर बजारमा बिक्री गर्ने छ ।

त्यस्तै, धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्री तथा निष्काशन खुला गर्ने छ । संस्थाले मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

धौलागिरीले जारी पूँजी १० करोड ३१ लाखको ३२.१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

यससँगै इच्छुक लगानीकर्ताले अब छिट्टै यी दुई लघुवित्तको आईपीओमा आवेदन दिन पाउने छन् ।

Share News