काठमाडाैं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा सेयर जारी गर्ने भएकाे छ । कम्पनीले साे सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ । कम्पनीले आधुनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ ।