दुई इन्स्योरेन्ससहित २६ संस्थानले गरेनन् लेखापरीक्षण, १२ वटा खारेज

<p>काठमाडौं । गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार ती संस्थानले आर्थिक वर्ष २०७७/७८ सम्म लेखापरीक्षण नगराएका हुन् । २६ संस्थानमध्ये इन्स्योरेन्सबाट राष्ट्रिय बीमा कम्पनीले ५ वर्ष र राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण गराएका छैनन् । त्यस्तै, खाद्य व्यवस्था तथा [&hellip;]</p>

काठमाडौं । गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार ती संस्थानले आर्थिक वर्ष २०७७/७८ सम्म लेखापरीक्षण नगराएका हुन् ।

२६ संस्थानमध्ये इन्स्योरेन्सबाट राष्ट्रिय बीमा कम्पनीले ५ वर्ष र राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण गराएका छैनन् । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन वर्ष, विशाल बजार कम्पनीले पनि ५ वर्षदेखि लेखापरीक्षण गराउन सकेका छैनन् ।

२०७८ को जेठ महिनासम्ममा १६ सार्वजनिक संस्थानले मात्र तोकिएको समयमा २०७७/०७८ सम्मको लेखापरीक्षण गराएका छन् ।

हाल ६९ सार्वजनिक संस्थानमध्ये विभिन्न वर्ष विनिवेश भएका संस्था ३० तथा पछिल्लो समयमा स्थापना भै थप भएका समेत हाल अस्तित्वमा रहेका ४४ संस्थामध्ये ४२ संस्था सञ्चालनमा रहेका छन् । हालसम्म विनिवेश गरिएका ३० संस्थानमध्ये १२ संस्थान खारेजी गरिएकोमा एक संस्थान (कृषि चुन उद्योग लिमिटेड) को मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट कानूनी रुपमा खारेजी प्रक्रिया सम्पन्न भएको छ ।

अन्य संस्थानहरु कानूनी रुपमा खारेजी प्रक्रिया सम्पन्न भएका छैनन् । रोजगारी तथा उत्पादनमा टेवा पुर्याउने १८ संस्थामध्ये हाल १२ संस्था सञ्चालनमा रहेको, ६ संस्था बन्द भएको तथा निजीकरण भई सञ्चालनमा रहेकामध्ये ७ संस्थान मात्र नाफामा सञ्चालन भएका लेखापरीक्षण भएनन् ।

Share News