नेप्सेका कर्मचारीलाई नियम विपरित ६ महिनाको तलब बराबरको बोनस

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्मचारीलाई नियम विपरित बढी बोनस वितरण गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनका अनुसार नेप्सेले कर्मचारीलाई बोनस विनियमाली २०३९ को नियम ७ विपरित बढी बोनस वितरण गरेको जनाएको हो । नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकिदिएको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्मचारीलाई नियम विपरित बढी बोनस वितरण गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनका अनुसार नेप्सेले कर्मचारीलाई बोनस विनियमाली २०३९ को नियम ७ विपरित बढी बोनस वितरण गरेको जनाएको हो ।

नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकिदिएको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त प्रतिष्ठानमा कार्यरत अधिकृत तहका कर्मचारीले एक आर्थिक वर्षमा शुरु तलव स्केलको दुई महिनाको तलब बराबरको रकम र सोभन्दा तल्लो तहका कर्मचारीले तीन महिनाको तलब बराबरको रकमभन्दा बढी हुने गरी बोनस नपाउने व्यवस्था भएकोमा नेप्सले भने बढी नै बोनस वितरण गरेको प्रतिवेदनामा उल्लेख छ ।

नेप्सेले २०७६/७७ मा कर्मचारी बोनस व्यवस्था गरेको रकमबाट ६ महिनाको तलब बराबरको ८६ लाख ३ हजार रुपैयाँ वितरण गरेको छ । नियमावलीमा भएको व्यवस्था भन्दा बढी भुक्तानी भएको बोनस रकम असुल हुनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

Share News