एनआईसी एशिया बैंकले १६ वटा पदको लागि माग्यो कर्मचारी

<p>काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदको लागि कर्मचारी मागेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै १६ विभिन्न पदको लागि कर्मचारी मागेको हो । बैंकले १६ विभिन्न विभिन्न पदमा अफिसर, असिसटेन्ट म्यानेजरदेखि म्यानेजरको तहसम्मका व्यक्तिको माग गरेको छ । बैकको अनुसार अफिसर तहको लागि कम्तीमा पनि स्नातक उतिर्ण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदको लागि कर्मचारी मागेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै १६ विभिन्न पदको लागि कर्मचारी मागेको हो । बैंकले १६ विभिन्न विभिन्न पदमा अफिसर, असिसटेन्ट म्यानेजरदेखि म्यानेजरको तहसम्मका व्यक्तिको माग गरेको छ ।

बैकको अनुसार अफिसर तहको लागि कम्तीमा पनि स्नातक उतिर्ण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लो तहको लागि स्नातककोत्तर तह पुरा गरेको, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने छ ।

बैंकले यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

Share News