समस्याग्रस्त वित्तीय संस्था किन्नेको होडबाजी, ११ वटा समस्या ग्रस्तमध्ये ६ वटामा खरीद चासो

<p>काठमाडौं १६, भदौ । वित्तीय अवस्था खराव भएपछि राष्ट बैंकबाट समस्याग्रस्त घोषणा भएका वित्तीय संस्था किन्न खोज्नेहरुबीच होडबाजी चलेको छ । नयाँ वित्तीय संस्था अनुमति नपाइने भएकोले वित्तीइ अवस्था बलियो भएका व्यापारी खराब अवस्थाकै संस्था भएपनि किन्न तछाडमछाड गर्न थालेका छन् । उनीहरु समस्याग्रस्त संस्थाबारे बुझ्न राष्ट बैंक धाइरेहेका छन् । राष्ट बैंकले ११ वित्तीय [&hellip;]</p>

काठमाडौं १६, भदौ । वित्तीय अवस्था खराव भएपछि राष्ट बैंकबाट समस्याग्रस्त घोषणा भएका वित्तीय संस्था किन्न खोज्नेहरुबीच होडबाजी चलेको छ ।
नयाँ वित्तीय संस्था अनुमति नपाइने भएकोले वित्तीइ अवस्था बलियो भएका व्यापारी खराब अवस्थाकै संस्था भएपनि किन्न तछाडमछाड गर्न थालेका छन् । उनीहरु समस्याग्रस्त संस्थाबारे बुझ्न राष्ट बैंक धाइरेहेका छन् ।
राष्ट बैंकले ११ वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । ती मध्ये ६ वटा संस्था खरीदका लागि लगानीकर्ताले चासो देखाएका हुन ।

समस्याग्रस्त वित्तीय संस्था
१. नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स
२. क्रिस्टल फाइनान्स
३. कुबेर मर्चेन्ट एन्ड बैंकिङ फाइनान्स
४. क्यापिटल मर्चेन्ड एन्ड बैंकिङ फाइनान्स
५. वर्ल्ड मर्चेन्ट बैंकिङ फाइनान्स
६. जनरल फाइनान्स
७. नारायणी डेभलपमेन्ट बैंक
८. नेपाल फाइनान्स
९. कर्पोरेट डेभलपमेन्ट बैंक
१०. अरुण फाइनान्स
११. ललितपुर फाइनान्स

Share News