आइएमई लाइफले संस्थापकबाट शतप्रतिशत पुँजी थप्ने, डाक्यो साधारण सभा

<p>काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट नै शतप्रतिशत पूँजी वृद्धि गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्तावसहित असोज २६ गते पाँचौं साधारणसभा आह्वान गरेको हो । इन्स्योरेन्स कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले लैनचौंर, बैङक्वेट्स, लैनचौर, काठमाडौं बिहान ११ बजे [&hellip;]</p>

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट नै शतप्रतिशत पूँजी वृद्धि गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्तावसहित असोज २६ गते पाँचौं साधारणसभा आह्वान गरेको हो ।

इन्स्योरेन्स कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले लैनचौंर, बैङक्वेट्स, लैनचौर, काठमाडौं बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । सोही बमोजिम कम्पनीको पूँजी वृद्धि गर्न संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी पुनः थप गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीको सभाले प्रवन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्ने छ ।

Share News