नेपाल पुनर्बीमा कम्पनीले छनोट गर्यो १९ ब्रोकर कम्पनी, कुन कुन ?

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले रेट्रो प्रोग्रामको लागि १९ वटा ब्रोकर कम्पनी छनोट गरेको छ । नेपाल रिले आर्थिक वर्ष २०७९/८० को लागि सो संख्यामा पुनर्बीमा ब्रोकर कम्पनी सूचीकृत गरेको हो । सार्वजनिक खरिद नियमअनुसार नेपाल रिले १९ वटा कम्पनी नेपाल रि रेट्रो प्रोग्रामको लागि सूचीकृत गरेका हो । जसमा अलर्ट इन्स्योरेन्स [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले रेट्रो प्रोग्रामको लागि १९ वटा ब्रोकर कम्पनी छनोट गरेको छ । नेपाल रिले आर्थिक वर्ष २०७९/८० को लागि सो संख्यामा पुनर्बीमा ब्रोकर कम्पनी सूचीकृत गरेको हो ।

सार्वजनिक खरिद नियमअनुसार नेपाल रिले १९ वटा कम्पनी नेपाल रि रेट्रो प्रोग्रामको लागि सूचीकृत गरेका हो ।

जसमा अलर्ट इन्स्योरेन्स ब्रोकर्स, एओएन रि इन्स्योरेन्स सोलुसन्स् एशिया, बिकन इन्स्योरेन्स ब्रोकर्स, भारत रि इन्स्योरेन्स ब्रोकर्स, फर्ष्ट पोलिसी इन्स्योरेन्स ब्रोकर्स, इन्डिया इन्स्योर रिस्क म्यानेजमेन्ट सर्भिस, जेबी बोडा इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स ब्रोकरर्स, केएम डास्टुर रिइन्स्योरेन्स ब्रोकर्स, महिन्द्रा इन्स्योरेन्स ब्रोकर रहेका छन् ।

त्यस्तै, पायोनियर इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स, प्रोटेक्सन रिइन्स्योरेन्स सर्भिस, रिस्ककेयर इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिस, सलासर सर्भिसेस् (इन्स्योरेन्स ब्रोकर), श्रीधर इन्स्योरेन्स ब्रोकर, सिनर्जी रिइन्स्योरेन्स स्पेलिष्ट (लबुआन), यूआईबी एशिया रिइन्स्योरेन्स ब्रोकर्स, यूनिलाइट रिइन्स्योरेन्स ब्रोकर्स, यूनिसन इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस् र एक्सपिरिटस इन्स्योरेन्स ब्रोकरहरु सूचीकृत भएका छन् ।

के हो रेट्रो प्रोग्राम ?

रेट्रो प्रोग्राम भन्नाले जोखिम बाँडफाँड गर्ने प्रोगाम बुझिन्छ । जहाँ बीमा कम्पनीले नीतिको लागि न्यूनतम र अधिकतम दुबै प्रिमियम र मूल्याङ्कन सूत्र सहितको नीति जारी गर्ने छ ।

Share News