रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका [&hellip;]</p>

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरणले समेत उक्त रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । उक्त कार्यक्रममा १०० जनाले रक्तदान गरेका थिए ।

रक्दान कार्यक्रमले धेरै बिरामीहरुको ज्यान सुरक्षित हुन मद्धत पुग्ने कम्पनी विश्वस्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताए ।

रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५ सयभन्दा बढी कर्मचारीहरु रिलायन्स लाइफमा कार्यरत छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय नयाँबानेश्वरमा रहेको छ । जीवन बीमा सम्बन्धी कुनैपनि जानकारीका लागि कम्पनीको २४/७ सम्पर्क सेन्टर स्थापना गरेका छ ।

Share News