सेयर मूल्यमा १३ बीमा कम्पनी : राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो, सस्तो कुन ?

<p>काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो । हाल बजारमा जीवन र निर्जीवन गरी कूल १३ कम्पनीको सेयर कारोबार भइरहेको छ । जसमध्ये निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो ।

हाल बजारमा जीवन र निर्जीवन गरी कूल १३ कम्पनीको सेयर कारोबार भइरहेको छ । जसमध्ये निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १२ हजारभन्दा बढी छ । जुन अन्य कम्पनीको तुलनामा धेरै गुणा बढी हो । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २० हजार ४९९ रुपैयाँ र न्यूनतम १२ हजार २५५ रुपैयाँसम्ममा किनबेच भएको थियो ।

त्यसैगरी, सबैभन्दा बढी मूल्य हुने कम्पनीको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । जीवन बीमा व्यवसाय गर्दै आएको यो कम्पनीको सेयर हाल प्रतिकित्ता १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २ हजार ४९२ रुपैयाँ र न्यूनतम १ हजार ६५ रुपैयाँको बीचमा किनबेच भएको थियो ।

शिखर इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७१० रुपैयाँ छ । दोश्रो बजारमा २ हजार १५७ रुपैयाँसम्म किनबेच भएको कम्पनीको सेयर प्रतिकित्ता ६९० रुपैयाँसम्म झरेको थियो ।

त्यसैगरी, नेको इन्स्योरेन्सको सेयर ६७१ रुपैयाँमा किनबेच भइरहेको छ । प्रतिकित्ता ६०१ रुपैयाँसम्म झरेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँसम्म पुगेको थियो ।

दोश्रो बजारमा दुई जीवन बीमा कम्पनीको सेयर ५ सयदेखि ६ सय रुपैयाँको हाराहारीमा छ । आइतबार नेपाल लाइफको अन्तिम कारोबार प्रतिकित्ता ५७९ रुपैयाँ र नेशनल लाइफको प्रतिकित्ता ५३५ रुपैयाँमा भएको थियो । लगानीकर्ताले नेपाल लाइफको सेयर अधिकतम १८१० रुपैयाँ र नेशनल लाइफको अधिकतम ११७९ रुपैयाँसम्म कारोबार भएको थियो । त्यस्तै, पछिल्लो एक वर्षको अवधिमा यी दुईको सेयर क्रमशः ५७७ र ४९९ रुपैयासम्म झरेको थियो ।

यता ७ वटा कम्पनीको सेयर ५ सय रुपैयाँभन्दा कम मूल्यमा किनबेच भइरहेको छ । जसमा एनएलजी, एशियन लाइफ, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् ।

एनएलजीको पछिल्लो कारोबार प्रतिकित्ता ४५१ रुपैयाँमा भएको छ । एक वर्षको अवधिमा अधिकतम १०१२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य भने घटेर ४२३ रुपैयाँसम्म झरेको थियो ।

दोश्रो बजारमा एशियन लाइफको सेयर प्रतिकित्ता ४३२.५० रुपैयाँमा पाइन्छ । पछिल्लो एक वर्षमा कम्पनीको सेयर अधिकतम १ हजार ३९८ रुपैयाँसम्म पुगेको थियो । र, सोही अवधिमा घटेर प्रतिकित्ता ४३० रुपैयाँसम्म झरेको थियो । यता नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर ४ सय रुपैयाँ भन्दा पनि सस्तोमा पाइन्छ ।

नेपाल इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार प्रतिकित्ता ३९८.४० रुपैयाँमा भएको थियो । जसको भाउ अधिकतम ९३७.३० र न्यूनतम ३९५ रुपैयाँसम्ममा झरेको थियो ।

त्यसैगरी, मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर प्रतिकित्ता ३६१.७० रुपैयाँ छ । हालसम्म कम्पनीको सेयर अधिकतम ८१०.९० र न्यूनतम ३५३.२० रुपैयाँको बीचमा कारोबार भइरहेको छ ।

पछिल्लो एक वर्षमा एक हजारमाथि पुगेको आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ३४७ रुपैयाँमा झरेको छ । यद्पि, उक्त मूल्य न्यूनतम मूल्य भने होइन । कम्पनीको सेयर न्यूनतम प्रतिकित्ता ३३३.२० रुपैयाँसम्म झरेको थियो ।

हाल दोश्रो बजारमा कारोबार भइरहेका बीमा कम्पनीमध्ये प्रुडेन्सियलको सेयर भाउ सबैभन्दा सस्तो छ । कम्पनीको सेयर प्रतिकित्ता ३३५.२० रुपैयाँमा कारोबार भइरहेको छ । हालसम्म कम्पनीको सेयरको लागि लगानीकर्ताले न्यूनतम ३२८ रुपैयाँदेखि अधिकतम ८१२ रुपैयाँसम्म लगानी गरेका छन् ।

निर्जीवन बीमा व्यवसाय गर्दै आएको यूनाइटेड इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३३६.२० रुपैयाँमा पाइन्छ । यसअघि कम्पनीको सेयर न्यूनतम ३२५ रुपैयाँदेखि अधिकतम ७८८ रुपैयाँसम्म किनबेच भएको थियो ।

नेपाली बजारमा जीवन र निर्जीवन गरी ३८ वटा कम्पनीले व्यवसाय गर्दै आएका छन् । जसमध्ये हाल १३ वटा कम्पनी मात्रै दोश्रो बजारमा कारोबार भइरहेका छन् । केही कम्पनी सूचीकृत नै भएका छैनन् भने सूचीकृत भएका केही कम्पनीको भने हाल कारोबार रोक्का छ ।

बजार ८ वटा जीवन र ८ वटा निर्जीवन गरी कूल १६ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । निर्जीवन तर्फका प्रिमियर, प्रभु, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, अजोड, जनरल र सानिमा जनरल छन् । र, जीवन बीमा तर्फका प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, यूनियन लाइफ र सानिमा लाइफको सेयर कारोबार रोक्का भइरहेको छ । यी कम्पनी मर्जरमा जाने तयारीमा रहेका छन् ।

दोश्रो बजारमा सूचीकृत नहुनेमा ७ वटा जीवन बीमा कम्पनी रहेका छन् । जसमा राष्ट्रिय बीमा संस्थान, सिटिजन्स लाइफ, आईएमई लाइफ, प्रभु लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ र मेट लाइफ रहेका छन् ।

Share News