सूर्या लाईफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

<p>काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले गत मुनाफा हाल जगेडा कोषमा राख्ने निर्णय [&hellip;]</p>

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले गत मुनाफा हाल जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।

Share News