गुराँस लाइफको ७.८३ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ७.८३४२ प्रतिशत लाभांश सुरक्षित गर्न मंगलबार अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न [&hellip;]</p>

last day sign flat concept

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ७.८३४२ प्रतिशत लाभांश सुरक्षित गर्न मंगलबार अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२औं वार्षिक साधारण सभा कात्तिक ४ गते बोलाएको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सभा सुरु हुनेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७६÷२०७७ को नाफाबाट चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८३४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सभाले संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात सम्बन्धी छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७÷२०७८ को लागि लेखा परिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि बीमा समिति समक्ष निवेदन दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Share News