जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्ब बढी प्रिमियम, आधा दर्जन कम्पनीले उठाए अर्बौं बढी

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २६ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले भदौसम्ममा २६ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रहेको छ । नेपाल लाइफले भदौसम्ममा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २६ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले भदौसम्ममा २६ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रहेको छ । नेपाल लाइफले भदौसम्ममा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २३ करोड रुपैयाँ बराबराको बीमाशुल्क संकलन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ३ अर्ब १९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।

त्यस्तै, एक अर्बभन्दा बढी प्रिमियम उठाउनेमा अन्य तीन कम्पनी रहेका छन् । समीक्षा अवधिमा युनियन लाइफले १ अर्ब ४० करोड, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब २१ करोड ६५ लाख र सिटिजन लाइफले १ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका समितिले जनाएको छ ।

त्यसैगरी, सूर्या लाइफले ९६ करोड ५८ लाख, मेट लाइफले ९२ करोड ९० लाख, राष्ट्रिय बीमा संस्थानले ८३ करोड ८८ लाख, प्राइम लाइफले ७७ करोड ८० लाख, सन नेपाल लाइफले ७० करोड ३९ लाख, ज्योति लाइफले ६९ करोड ३२ लाख, आईएमई लाइफले ६३ करोड १९ लाख, रिलायबल नेपाल लाइफले ५९ करोड ६ लाख, गुराँस लाइफले ५८ करोड ५१ लाख, रिलायन्स लाइफले ५२ करोड ८५ लाख, प्रभु लाइफले ३९ करोड ८० लाख रुपैयाँ र सानिमा लाइफले ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

१९ कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समितिका अनुसार इन्स्योरेन्सले २७ करोड ९२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

सञ्चालित १९ कम्पनीहरुले भदौमा मात्रै १० अर्ब ९७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो महिनामा पनि सबैभन्दा बढी प्रिमियम संकलन गर्नेको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै रहेको छ । इन्स्योरेन्सले एक महिनामा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

Share News