काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस सेयरको लागि मंगलबार सेयर मूल्य समायोजन गरेको हो ।
इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम भएको छ ।
यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४८५ रुपैयाँमा भएको थियो ।