बिजनेश ग्रोथमा एग्रेशिभ देखियो राष्ट्रिय बीमा कम्पनी, नेकोलाई उछिन्दै अघि बढ्यो सिद्धार्थ

<p>काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले तयार पारेको भदौ अन्तिमसम्मको तथ्यांक अनुसार बढी प्रिमियम उठाउनेमा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा देखिएको हो । कम्पनीले चालु आवको दुई महिनामा १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यससँगै अर्ब क्लबमा प्रवेश गर्नेमा पनि [&hellip;]</p>

काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले तयार पारेको भदौ अन्तिमसम्मको तथ्यांक अनुसार बढी प्रिमियम उठाउनेमा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा देखिएको हो ।

कम्पनीले चालु आवको दुई महिनामा १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यससँगै अर्ब क्लबमा प्रवेश गर्नेमा पनि राष्ट्रिय बीमा कम्पनी एकल कम्पनी हो । अघिल्लो वर्षको भदौसम्ममा कम्पनीले ४० करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रोमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ६७ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

आधा अर्बभन्दा बढी प्रिमियम उठाउनेको सूचीमा अन्य चार कम्पनी रहेका छन् । जसमा सगरमाथा, हिमालयन एभरेष्ट, सिद्धार्थ इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । सगरमाथाले ५८ करोड, हिमालयन एभरेष्टले ५६ करोड, सिद्धार्थले ५४ करोड र नेकोले ५३ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरेका छन् ।

सबैभन्दा कम बीमशुल्क संकलन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौसम्ममा १३ हजार ८६७ वटा बीमाशुल्क जारी गरी कूल १८ करोड ६० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको दुई महिनामा १९ कम्पनीले ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालित १९ कम्पनीले कूल ४ लाख ४५ हजार ३६९ वटा बीमालेख जारी गरी सो मात्राको प्रिमियम संकलन गरेका समितिले जानकारी गराएको छ । गत वर्षको भदौसम्ममा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स बाहेक अन्य कम्पनीले ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका थिए ।

कुन कम्पनीको बिजनेश कस्तो ?

Share News