सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने विभिन्न कार्यक्रम गरी आफ्नाे पाँचाैं वार्षिकाेत्सव मनाउने भएकाे छ । कात्तिक २ गते स्थापनाकाे दुई वर्ष पुरा गर्ने यस कम्पनीले आजबाट सप्ताह व्यापी कार्यक्रम गरेर विभिन्न कार्यक्रमहरु मनाउने जनाएकाे छ । कम्पनीले हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने विभिन्न कार्यक्रम गरी आफ्नाे पाँचाैं वार्षिकाेत्सव मनाउने भएकाे छ । कात्तिक २ गते स्थापनाकाे दुई वर्ष पुरा गर्ने यस कम्पनीले आजबाट सप्ताह व्यापी कार्यक्रम गरेर विभिन्न कार्यक्रमहरु मनाउने जनाएकाे छ ।

कम्पनीले हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवंम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी असोज ३१ गते देखी कार्तिक ६ गतेसम्म सप्ताह व्यापी कार्यक्रम गर्ने बताएकाे छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको पनि जनाएको छ ।

यसका साथै कम्पनीले डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राख्ने जनाएको छ ।

 

Share News