प्राइम लाइफ इन्स्योरेन्सको १३.६८ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को नाफाबाट सेयरधनीहरुलाई १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत अर्थात् ३६ करोड १३ लाख ५० [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को नाफाबाट सेयरधनीहरुलाई १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत अर्थात् ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस सेयर र ०.६८४२ प्रतिशत अर्थात् १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद गरी कूल १३.६८४२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Share News