
काठमाडौं । मर्स्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले आफ्ना १ वर्षीय छोरा अभिनव तामाङलाई जीवन बीमा पोलिसि दिएर जन्मदिन मनाएका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीशहर शाखाबाट तामाङ्गले मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत जारी भएको १५ लाख बराबर रकमको बीमा पोलिसी उपहार दिएर जन्मदिन मनाएका हुन् ।
आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि जन्मदिनमा जीवन बीमा पोलिसि उपहार दिएको उनले बताए ।
आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बीमा मार्फत सुरक्षित गर्ने जन्मदिनलाई अवसर पार्न थालिएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान गर्न मिल्ने व्यवस्था समेत गरेको छ ।