काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३१ औं साधारणसभाको लागि मंसिर १८ गते बैठक बोलाएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले ३१ औं साधारणसभाको लागि बैठक बोलाएको हो ।
कम्पनीले साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीमा चार अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशतले दरले बोनस सेयर र सोको कर प्रयोजनाका लागि तीन करोड १८ लाख ५६ हजार रुपैयाँ नगद लाभांश दिने विषेश प्रस्ताव पारित गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभाको लागि मंसिर ८ गते एक दिनको लागि बुक क्लोज गर्ने छ । ७ गतेभित्र नेप्सेमा कारोबार भइ कायम हुन आउने सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।