काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम दिएको छ ।
कार्तिक १८ गते चितवनको सौराहा स्थित होटल ल्याण्डमार्कमा भएको कार्यक्रममा कम्पनीका विभिन्न शाखा र उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिइएको थियो ।
कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् ।
यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिममा गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिएका थिए । 
साथै, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धिकरणको प्रक्रिया र औचित्य बारेमा जानकारी दिएका थिए ।