काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार अर्को सातादेखि खुल्ने भएको छ । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जीआईसीको सेयर कारोबार अर्को सातादेखि खुल्ने कम्पनी श्रोतले बताएको छ ।
‘सेयर कारोबार खुलाउने प्रकृया भइरहेको छ, सम्भवतः अर्को सातादेखि खुल्छ,’ श्रोतले भन्यो ।
साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स २०७९ असार २९ गते मर्जर प्रकृयामा गएका थिए । यससँगै नेप्सेले असार ३० गतेदेखि लागू हुने गरी दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ ।
मर्जर प्रकृया सकिएसँगै कार्त्तिक ७ गतेदेखि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार भइसकेको छ । नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृति दिएसँगै उक्त नामबाट एकीकृत कारोबार शुरु भएको हो ।