काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा करिब एक करोड रुपैषँ तलब भत्ता बुझेका छन् । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई ९८ लाख ७८ हजार ७६५ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको हो । जसमध्ये
इन्स्योरेन्सले सीईओ पवन कुमार खड्कालाई ४८ लाख ४५ हजार ९६८ रुपैयाँ र पूर्व सीईओ शिवनाथ पाण्डेलाई ५० लाख ३२ हजार ८०२ रुपैयाँ तलब भत्ता प्रदान गरेको हो । २०७७ कात्तिक मसान्तसम्म कम्पनीको सीईओमा शिवनाथ पाण्डे थिए ।
कम्पनीले संचालकहरुलाई संचालक समितिको बैठक भत्ता बापत १७ लाख ३५ हजार रुपैयाँ, मासिक भत्ता वापत ६ लाख ६९ हजार ६६६ रुपैयाँ र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता बापत ८ लाख ७२ हजार रुपैयाँ भूक्तानी गरेको छ ।
यस्तै कम्पनीले प्रवन्धक र सो भन्दा माथीका अन्य पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत २ करोड ९१ लाख ७१ हजार ४५० रुपैयाँ भुक्तानी गरेको छ ।