ज्योति र सूर्या लाइफ मर्जपछि सूर्यज्योति बन्ने, सीईओ खत्री, स्वाप रेसियो कति ?

<p>काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले उक्त मर्जर प्रस्तावलाई पारित गरेको हो । सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरेको छ । जसअनुसार दुई कम्पनी १ बराबर ०.८२४५ को अनुपातको रेसियोमा [&hellip;]</p>

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले उक्त मर्जर प्रस्तावलाई पारित गरेको हो ।

सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरेको छ । जसअनुसार दुई कम्पनी १ बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका छन् । त्यस्तै, सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ ।

सभाले मर्जर पश्चात् बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी राख्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले संचालक समितिले प्रस्तुत गर्ने आथिर्क वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

Share News