काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३९८.२२ प्रतिशत १७ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० लाख रुपैयाँ खद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क १.९७ प्रतिशत बढेर ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७४ करोड ७१ लख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा इन्स्योरेन्सको कुल बीमाशुल्क १.४३ प्रतिशत १० अर्ब ५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी २.२३ प्रतिशत बढेर ४ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २६ करोड १२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, जगेडा कोष १२९.०४ प्रतिशत बढेर १ अर्ब ९९ करोड १८ लाख रुपैयाँ, जीवन बीमा कोष १९.६४ प्रतिशत बढेर १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेर ८३ करोड १० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ ।