काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आवको पहिलो त्रैमासमा खुद नाफा १३ प्रतिशत घटेर ५ करोड ३८ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ११५ प्रतिशत बढेर १५ करोड ८२ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको साही अवधिमा कम्पनीले ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २०.२० रुपैयाँ रहेको छ ।