काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद दाबी ९ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको खुद बीमा शुल्क ४२ प्रतिशत घटेर १९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्षको असोज मसान्तसम्ममा कम्पनीले ६७ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६१ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोष ३२ करोड २६ लाख रुपैयाँ, बीमा कोष १ अर्ब १७ करोड ६९ लाख रुपैयाँ महाविपत्ती कोष ६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष १ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमसिन दिएको यस कम्पनीको गत असोजसम्म घटेर १ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको पुनर्बीमा कमिसनबाट ९ करोड ७७ लाख रुपैयाँ आम्लदानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ२ सय १७ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.३१ गुणा छ ।