काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६.६३ प्रतिशत घटेर ६ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ८.९ प्रतिशत घटेर ४४ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीले कुल बीमा शुल्क ८२ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी ७.१७ प्रतिशत घटेर १८ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७४ करोड रुपैया, जगेडा कोष ५१ करोड ९७ लाख रुपैयाँ, बीमा कोष १ अर्ब ४० करोड रुपैयाँ र महाविपत्ती कोष ९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.७७ गुणा रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी संख्या १० हजार ११ वटा बापतको १ अर्ब ८२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।