एशियन लाइफको जीवन बीमा कोष साढे ३३ अर्ब नाघ्यो, नाफामा २१ प्रतिशत छलाङ

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २१.५८ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद बीमा शुल्क ४.२६ प्रतिशत बढेर १ अर्ब ६४ [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २१.५८ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद बीमा शुल्क ४.२६ प्रतिशत बढेर १ अर्ब ६४ करोड आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी ३० प्रतिशत बढेर ४६ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ८८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २६.३१ प्रतिशत बढेर २ अर्ब ५३ करोड रुपैयाँ, जगेडा कोष ३० प्रतिशत घटेर ६८ करोड ९० लाख रुपैयाँ, जस्वन बीमा कोष २०.३२ प्रतिशत बढेर ३३ अर्ब ६३ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४४ पैसा रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९८ पैसा छ भने मूल्य आम्दानी अनुपात २३.८० गुणा रहेको छ ।

असोज मसान्तसम्ममा १६७ दाबी संख्या बापत ५ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले १७ करोड ४९ लाख रुपैयाँ अभिकर्तालाई कमिसन दिएको छ भने १० करोड ७० लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ ।

Share News