काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५.६३ प्रतिशत बढेर ५ करोड ३ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १८.१४ प्रतिशत बढेर १९ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीले ४४ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ, जगेडा कोष २९ करोड ३० लाख रुपैयाँ, बीमा कोष ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७६ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ ।
कम्पनीले ७ हजार ७५२ दाबी वापत १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले ८२ लाख ३९ हजार रुपैयाँ अभिकर्तालाई कमिशन र ६ करोड ४ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ६ करोड ८३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानी ९३ लाख रुपैयाँ गरेको छ ।