काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८९.९१ प्रतिशत बढेर २ करोड २६ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद बीमा शुल्क १९.६७ प्रतिशत घटेर १७ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी १४०.८१ प्रतिशत बढेर १२ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ, जगेडा कोष २१ करोड ४५ लाख रुपैयाँ र बीमा कोष ४३ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२० गुणा रहेको छ । कम्पनीले ६९ लाख रुपैयाँ अभिकर्तालाई कमिशन र ६ करोड ४८ लाख रुपैयाँ ब्यवस्थापन खर्च गरेको छ । कम्पनीले पुनर्बीमा शुक्ल कमिशन आम्दानी ३ करोड ३६ लाख रुपैयाँ र लगानी, कर्जा तगा अन्य आम्दानी १ करोड ५४ लाख रुपैयाँ गरेको छ ।